दाङबाट तीर्थयात्री बोकेको स्कार्पियो भारतमा दुर्घटना, चार जनाको मृत्यु

डिसी नेपाल
१५ चैत २०८१ १२:२४
280
Shares

रुपन्देही । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो बिहीबार दिउँसो ४ बजे दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो।

दुर्घटनामा गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईं, तुलसीपुर–७ श्रीगैँ निवासी मोतिराम वलीको आमा ८० वर्षीय वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई मृतकको सनाखत हुन सकेको छैन।

गाडीमा नौ जना सवार रहेकोमा घाइते भएकाहरूको उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *