गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यात्रुलाई सास्ति
काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै स्थानमा आज गणतन्त्रवादी र राजावादीले प्रदर्शन सुरु गरेका छन्।
समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डपमा सुरु भएको छ। राजावादीहरूले तीनकुनेमा भेला भएका छन्।
प्रदर्शनका कारण ती क्षेत्रमा बाक्लो भीडभाड भएसँगै सवारी साधनलाई निषेध गरिएको छ। सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
समाजवादी मोर्चाको प्रदर्शनका कारण भृकुटीमण्डप आसपास क्षेत्रका सडकमा कुपन्डोल–थापाथली-त्रिपुरेश्वर, सुन्धारा, शहीद गेट क्षेत्रमा सवारी पूर्णरुपमा बन्द गरिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment