राजावादीको काठमाडौंमा शक्ति प्रदर्शन (फोटोफिचर)
काठमाडौं। हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा सडक आन्दोलनमा होएिका राजावादीहरुले काठमाडौंमा प्रदर्शन सुरू भएकाे छ। उनीहरू काठमाडौंको तिनकुनेमा भेला हुन थालेका छन्। राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
काठमाडौंको तिनकुने क्षेत्रमा अहिले राजतन्त्र समर्थहरु धमाधम भेला भइरहेका छन्। प्रशासनको सुरक्षा रणनीतिअनुसार राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, ग्वार्को, कोटेश्वर हुँदै तीनकुने आउने क्रम सुरु भएको छ।
यस्तै, भक्तपुरतर्फबाट आउने जुलुस कोटेश्वर हुँदै तीनकुने आउनेछ भने अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने आउनेछ। यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउनेगरी राजावादीको जुलुसको अर्को रुट तय गरिएको छ।










No ads found for this position




Facebook Comment