गृहमा आकस्मिक बैठक
काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेसँगै गृहमन्त्रालयले आकस्मिक बैठक आह्वान गरेको हो।
गृहमा गृहमन्त्री रमेश लेखक, गृहसचिवसहित सुरक्षा निकायका अधिकारी सम्मिलित बैठक बसेको हो।
‘राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ । कर्फ्यु पनि लाग्दैछ,’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो।
५/१० जनाको समूह जम्मा हुने र जत्तातत्ते आगो लगाउँदै हिँड्ने गरेको देखिएको गृहले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment