गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ : देउवा

डिसी नेपाल
१६ चैत २०८१ १५:२४
92
Shares

लुम्बिनी (मर्चवार) । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन।

लुम्बिनीमा आज आयोजित नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहमा उहाँले नेपाली जनता गणतन्त्रका संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन्।

सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे। उनले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे।

उनले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन नहुने बताए। हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *