गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह

डिसी नेपाल
१६ चैत २०८१ २१:३१
76
Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) द्वारा आज माल्टामा आयोजित युरोपेली क्षेत्रीय सम्मेलन, २०२५मा उनले सरकारले लगानीको सुरक्षा र उपयुक्त वातावरण बनाउन सरकार तयार रहेको बताए। मन्त्री भण्डारीले भने, ‘नेपालमा लगानीको वातावरण बनाएका छौँ, त्यसमा थप सहजीकरणका लागि सरकार तयार छ। कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा तपाईहरू लगानी गर्न आउनुस्, सरकारले पूर्ण सहयोग गर्नेछ।’

मन्त्री भण्डारीले आफू मन्त्री भएपश्चात् नेपालमा व्यापार, व्यवसाय तथा उद्योगका क्षेत्रमा थुप्रै सकारात्मक एवं राम्रा काम गरेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानीका लागि आग्रह गरे। सरकारले लगानीका लागि आवश्यक कानुनी संरचना बनाइसकेको र त्यसैमा टेकेर उद्योग, व्यापारलगायतका क्षेत्रमा पछिल्लो समय थुप्रै लगानी सुरु भइसकेका उनको भनाइ थियो।

नेपालमा उत्पादन भएका वस्तुहरु विदेशमा सहजै निर्यात गर्न सकिने भएकाले दक्षिण एसियामा लगानीको सम्भावित क्षेत्रमा भारतपछि नेपाल मन्त्री भण्डारीले दाबी गरे। कार्यक्रममा एनआरएनए आइसीसीका महेश अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुशील ज्ञवाली मध्यस्थकर्ताका रूपमा रहेका थिए।

कार्यक्रममा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, लगानी बोर्डका उपसचिव हिमालचन्द्र अर्याल, डा बद्री केसी, टीका गुरुङ (राधिका), गोविन्द खरेल घनश्याम पाण्डेलगायतले प्रस्तुतीकरण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *