एमाले भन्छ- संसद अवरोधले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणमाथि प्रश्न उठेको छ
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका छन्।
आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका हुन्।
मुलुकमा प्रकट भएका गम्भीर विषयलाई सदनमा गम्भीर रुपमा छलफल गरेर पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनले बताए।
उनले एउटा कर्मचारीका बारेमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री तयार भए पनि सदन अवरुद्ध गरेर प्रतिष्ठान विधेयक पारित नगर्ने दाउपेजमा माओवादी रहेको तर्क गरे।
उनले शुक्रबारको घटनाको मुख्य दोषि पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुन बमोजिम कारबाही गर्नुपर्ने स्पष्ट पारे। पूर्वराजालाई दिएको सवै सेवा सुविधा फिर्ता लिनुपर्ने उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment