हतकडी लगाएर रवीन्द्र मिश्रलगायतलाई म्याद थप्नका लागि लगियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रवीन्द्र मिश्रलगायत नेतालाई हतकडी लगाएर म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजाबादी आन्दोललाई हिंस्रक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप्न हतकडी लगाएर सरकारी वकिलको कार्यालय लगिएको हो।
थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी, सन्तोष राजावादीलगायतलाई हतकडी लगाइएको छ।
धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई सरकारी वकिलको कार्यालय लगिएको छ। उनीहरूलाई आजै अदालत लगिनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment