संयुक्त जनआन्दोलन गन्तव्य नजिक : धवल शम्शेर
काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन संयोजक तथा राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणाले आन्दोलनको गन्तव्य नजिक रहेको बताएका छन्।
‘नआत्तिनुस् गन्तव्य नजिक छ, म ठिक छु सबैलाई भन्दिनु,’ आन्दोलन परिचालन संयोजक राणाले जिल्ला अदालत परिसरमा आइतबार उपस्थित नेता, कार्यकर्ता, शुभचिन्तकलाई भने।
प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा नेता राणा, संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव लगायतलाई अदालतमा उपस्थित गराएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment