त्रिचन्द्रको स्ववियु निर्वाचनमा नेविसंघको सुरुवाती अग्रता
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वविुयको मतगणनामा नेपाल विद्यार्थी संघले सुरुवाती अग्रता लिएको छ।
बुथ नम्बर एकको मतगणना सकिँदा नेविसंघ उम्मेदवार गोविन्द कोइरालाले अग्रता लिएका हुन्। कोइरालाले १६७ मतका साथ लिड गरिरहँदा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका प्रमित विष्टले ७६ मत पाएका छन्।
अहिलेसम्म ३३२ मत गणना भएको छ। विष्ट सात संगठनको प्यानलका उम्मेदवार हुन्।
स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६५ र श्रीधर श्रेष्ठले २ मत पाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment