नयाँ शिक्षा नीति अन्तिम चरण पुगेको शिक्षामन्त्रीद्वारा जानकारी

डिसी नेपाल
९ भदौ २०७६ १८:०६

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा नीति बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै उनले शिक्षा सम्बन्भि तीनै तहले गर्नुपर्ने कामको बारेका समग्र पक्ष समेटेर सरकारले संघीय शिक्षा नीति बनाएको र सो नीतिबारे प्रधानमन्त्री सिंगापुर जानुअघि बसेको मन्त्रीपरिषद् बैठकमा छलफल पनि भएको जानकारी दिए।

उनले शिक्षा नीतिका सम्बन्धमा प्रधानमन्त्री र विभागीय मन्त्रीबीचको बुझाई फरक भएको भन्ने भनाईमा सत्यता नभएको दाबी गरे। उनले संघीय शिक्षा नीतिमा संघीय शिक्षा सम्बन्धि तीनै तहले गर्नुपर्ने काम र समग्र पक्षको बारेमा व्यवस्था गरिएको पनि उनले उल्लेख गरे। शिक्षा नीति निर्माण गर्ने क्रममा उच्चस्तरीय शिक्षा आयोग गठन भएको र आयोगको प्रतिवेदन अनुसार नै प्रधानमन्त्रीको निर्देशनमा आयोगमै भएका सदस्यहरु मध्येबाट ६ जना विज्ञ सम्मिलित समूहले नीति बनाउने काम गरेको उनले जानकारी दिए। उनले नीति पारित भएपछि सरकारले उच्चशिक्षा सम्बन्धित र विद्यालय र प्राविधिक शिक्षा सम्बन्धित दुईवटा ऐन ल्याउने विश्वास दिलाए ।

सांसदहरुले शिक्षा नीति र संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाई बारे प्रश्न गरेका थिए । प्रधानमन्त्री र विभागीय मन्त्रीको बुझाईमा भिन्नता भएका कारण नीति र ऐन निर्माणमा ढिलाई भएको भन्ने कुरा आएको भन्दै उनीहरुले त्यसबारे पनि जिज्ञासा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *