बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना
काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको रोमाञ्चक जित निकालेको थियो। उक्त खेलमा बेङ्लुरुले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन।
‘आइपिएलको न्युनतम ओभर रेट सम्बन्धी आचरसंहिता अन्तर्गत यो सिजन रोयल च्यालेन्जर्स बेङ्लुरुको पहिलो गल्ती भएकाले टोलीका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
उनी यस सिजन स्लो ओरभ रेटिङका कारण जरिवाना भोग्ने चौथो कप्तान हुन्। यसअघि राजस्थान रोयल्सका कार्यबहाक कप्तान रियान पराग, मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेया र लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई जरिवाना लागेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment