नारायणी नदीमा डुबेर १३ र ९ वर्षीय दिदीभाइ बेपत्ता

डिसी नेपाल
२७ चैत २०८१ ६:४५
352
Shares

काठमाडौं । नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा रहेको ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर मंगलबार बेलुका दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ।

गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय छोरा स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले जानकारी दिए।

दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्। भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीसँग गोताखोर नभएकाले अहिले बिहानदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *