आगामी ओलम्पिकमा क्रिकेट पनि समावेश, १२८ वर्षपछि ओलम्पिकमा फर्किनेछ क्रिकेट

डिसी नेपाल
२८ चैत २०८१ १४:३२
588
Shares

काठमाडौं । अर्को ओलम्पिक खेलकुदमा क्रिकेट खेल पनि समावेश गरिनेछ । अमेरिकाको लस एन्जलसमा आयोजना हुने क्रिकेट खेलहरूमा पुरुष र महिला दुवै वर्गमा छ-छ टोलीले भाग लिनेछन्। यी कुन टोली हुनेछन् भन्ने कुरा अझै घोषणा गरिएको छैन।

क्रिकेट अन्तिम पटक १९०० मा पेरिसमा भएको ओलम्पिकमा खेलिएको थियो। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अनुसार खेलहरू टी-२० ढाँचामा खेलाइनेछ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले दुई वर्षअघि लस एन्जलस २०२८ ओलम्पिकमा क्रिकेटलाई समावेश गर्न अनुमोदन गरेको थियो।

यस वर्षको ओलम्पिकमा क्रिकेट बाहेक थप चार नयाँ खेलहरू समावेश हुँदैछन्। यी हुन् – बेसबल/सफ्टबल, फ्ल्याग फुटबल, ल्याक्रोस र स्क्वास। यी क्रिकेट खेलहरू कहाँ आयोजना हुनेछन् भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *