शिक्षक आन्दोलनले बबरमहलको सवारी आवागमन प्रभावित

डिसी नेपाल
३० चैत २०८१ १५:०३
256
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्।

आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

महासंघ र सरकारबीच निरन्तर छलफल भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन। महासंघले संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ।

आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हड्तालसमेत गरेका छन्। जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.