ललितपुरमा पानीट्यांकीभित्र शव फेला

डिसी नेपाल
३१ चैत २०८१ १८:३९
5.6k
Shares

काठमाडौं । ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीभित्र बालिकाको शव फेला परेको छ।

बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहराको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए। उनी चैत ११ गतेदेखि हराएकी थिइन्।।

पानीट्यांकी फोहर भएको र किरासमेत बाहिर आउन थालेपछि सफा गर्न छिर्दा शव फेला परेको प्रहरीले जनाएको छ।

मृत फेला परेकी बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन्। करिब २०–२५ दिनअघि मात्रै उनीहरू त्यहाँबाट डेरा सरेका थिए।

बालिकाको हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *