कविता : नयाँ वर्ष तिमी नयाँ भएर आउ

दिनेश घिमिरे
१ वैशाख २०८२ ८:५७
548
Shares

नयाँ वर्ष तिमी आकाश भएर आउ
म तिमीलाई प्रकाश भएर भेट्ने छु
मिलेर मेट्नु पर्छ विभेदका दरारहरू
समाप्त गर्नुपर्छ अन्धकारका तप्काहरू।

यहाँ बेस्सरी उम्रेका छन् घाउका दागहरू
कहिल्यै नमेटिने गरी उठेका छन् ब्यथाहरू
नयाँ वर्ष तिमी नयाँ बिहानी बोकेर आउ
म सन्ध्याको संघारमा विश्वास बनेर कुर्ने छु।

नयाँ वर्ष तिमी सदैव जस्तो भिड बनेर नआउ
यो पटक सुटुक्क शान्ति बनेर बस्तीहरूमा आउ
म तिमीलाई साथ दिन हरपल कुरेर बस्नेछु
आशुहरूलाई निचोरेर हरेक स्वादमा कुर्ने छु।

नयाँ वर्ष तिमी नयाँ भोक भएर आशामा आउ
निरासामा डुबेको समाजमा दीपक बोकेर आउ
म तिमीलाई जीवन बोकेर क्षितीजमा कुर्ने छु
नयाँ वर्ष तिमी नयाँ भएर आउ स्वागत छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *