बार्सिलोना ६ बर्ष पछि युरोपियन च्याम्पियनको सेमीफाइनलमा प्रवेश
काठमाडौं। स्पेनिस महारथी बार्सिलोना ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
च्याम्पियनन्स लिगको दुई लेगमा समग्रमा ५–३ को जित निकाल्दै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।
पहिलो लेगमा बार्सिलोना ४-० ले विजयी भएको थियो। दोस्रो लेगमा ३-१ ले पराजित भएपनि बार्सिलोना पहिलो लेगको गोल संख्याको फाइदा उठाउन सफल भएको हो। डर्टमन्डको सिंगल इदुना पार्कमा भने बार्सिलोनाले कमजोर प्रदर्शन गर्यो।
खेलभर त्यस्ता अवसर बनाउनै सकेन। ठिक उल्टो, डर्टमन्डले भने खेलमा फर्कन निकै प्रयास गरिरह्यो। यद्यपि, टोली पहिलो लेगकै खराब प्रदर्शनले अन्तिम आठबाट माथि बढ्न सकेको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment