हङकङले नेपाललाई दियो एक सय १६ रनको लक्ष्य

डिसी नेपाल
३ वैशाख २०८२ १२:२६
140
Shares

काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोट अन्तर्गतको आजको खेलमा हङकङले नेपाललाई एक सय १६ रनको लक्ष्य दिएको छ। मुलपानी तल्लो क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनायो।

हङकङका लागि कप्तान शिव माथुरले अर्धसतकीय पारी खेले। उनले एक सय १६ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ६३ रन बनाए। यस्तै आर्या पंजवानीले १३, विर माथुरले १२ तथा ह्यारी थोमस हडसनले १० रन बनाए।

नेपालका लागि युवराज खत्रीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिए। यस्तै बिपिन शर्माले तीन र सन्तोष यादवले दुई विकेट लिए।

जारी प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गरेको हो।

यसअघि पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेरको थियो भने दोस्रो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेका थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.