गभर्नरमा योग्यता नपुग्ने भन्दै भट्टविरुद्ध सर्वोच्चमा रिट दर्ता

डिसी नेपाल
५ वैशाख २०८२ १७:५३
1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार भट्टको गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य गरेको दाबीसहित रिट दर्ता भएको हो। आइतबार नै पेसीमा चढाउनेगरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको बताइएको छ।

भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। भट्टको राजीनामा स्वीकृत भइसकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *