चौथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिड्दै
काठमाडौं। आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजेदेखि सुरू हुनेछ। यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथो जीतका लागि मैदानमा उत्रन लागेको हो।
नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो।
गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिडन आइपुगेको हो। लगातार तीन खेलमा जीत हासिल गरेकाे नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। याे सँगै यस चरणमा याे नेपालकाे अन्तिम खेल हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment