स्याङ्जाका सडकलाई जोखिम मुक्त बनाउने अभियानमा छौं : उपसभापति गुरुङ
फाइल तस्बिर
काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति, पूर्वमन्त्री धनराज गुरुङले स्याङ्जाका सडकहरुलाई जोखिममुक्त बनाउने अभियानमा लागेको बताएका छन्।
नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौं सम्पर्क समितिले शनिबार गोधुली फुडल्याण्डमा आयोजना गरेको नव बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सिद्धार्थ राजमार्गको स्तर उन्नति देखि भित्री सडकहरु जोखिममुक्त बनाउने अभियानमा लागेको बताएका हुन्। विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर मात्रै जिल्लाको विकास सम्भव हुने बताए।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उनले एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने धारणासमेत राखे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment