वर्षाका कारण खेल रद्ध, अफगानिस्तान विश्वकपमा छनोट

डिसी नेपाल
६ वैशाख २०८२ १६:४३
360
Shares

काठमाडौं। वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ। आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्तानविरुद्धको खेल वर्षाका कारण हुन नहुनेपछि अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो।

यहाँस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज बिहान साढे ९ बजे खेल हुने तालिका थियो। तर वर्षाका कारण खेल समयमै हुन सकेछ। पानीले भिजेको मैदान सुकाउने काम भए पनि समय अभावका कारण खेल हुन सकेन।

आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण थियो। दुवै टोलीले प्रतियोगितामा समान तीन÷तीन खेल जितेका थिए। वर्षाले खेल प्रभावित भएपछि दुवै टोलीले समान एक/एक अंक बाँडे। दुवै टोलीसँग समान ७/७ अंक भएपनि रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो।

आइसिसी यू–१९ क्रिकेट विश्वकप सन् २०२६ मा जिमबाबे र नामिबियामा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *