कंगाेमा डुंगामा आगलागी, १४३ जनाको मृत्यु

डिसी नेपाल
७ वैशाख २०८२ ६:४०
212
Shares

काठमाडौं। डेमोक्र्याटिक रिपब्लिक अफ कंगाेमा इन्धन बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन्।

यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कंगाे नदीको संगमस्थलमा भएको हो।

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ। उनले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन्।

डुंगामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुंगाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुंगा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ।

घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *