सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छ: अध्यक्ष दाहाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताएका छन् ।
ताप्लेजुङमा अवस्थित पाथीभरा देवी (मुक्कुमलुङ) जाँदै गरेको सवारीसाधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उनको भनाइ छ। सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले घटनामा तीर्थयात्री दुर्गा भट्टराई, आध्या आचार्य, सरिता पौडेल र विनोद पौडेलको मृत्यु भएको दुखद् घटनाले स्तब्ध भएको उल्लेख गरे।
उनले मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष मागसमेत गरे। उनले भने, ‘देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानहरूको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरि छ भन्ने पाठ यो घटनाले सिकाएको छ, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष माग गर्दछु।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment