संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

डिसी नेपाल
९ वैशाख २०८२ ६:४८
160
Shares

काठमाडौं। संघीय संसदका तीन समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन्।

जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरू हुनेछ। जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका काम कारवाही रकार्यप्रगति र अगामी आर्थिक बर्षको बजेट र कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेमा छलफल हुनेछ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुने जनाइएको छ।

साथै, विधायन व्यवस्थापन समितिका बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ। जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *