ओली पार्टीकै नेताहरूप्रति रुष्ट

डिसी नेपाल
९ वैशाख २०८२ १५:३४
2.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीकै नेताहरूप्रति असन्तुष्ट देखिएका छन्।

नेकपा स्थापनाको ७६औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रकै नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन्।

पार्टीभित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै ओलीद्ये आपत्ति जनाएका छन्। ‘विरोधीहरूले खुब संगठीत ढंगले घेराबन्दी र हमला गर्छन्। हाम्रै साथिहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ,’ असन्तुष्टि जनाउँदै ओलीले भने।

उनले गाली खानका लागि कुनै गल्ती नै गर्नु नपर्ने दाबीसमेत गरेका छन्। ‘गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन भन्ने उदाहरण गल्ती गर्नेहरूले, अपराधीहरूले समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्कोगरी घेराबन्दी गर्ने काम गरिरहेका छन्। यसमा विभिन्न प्रकारका तत्वहरू सामेल भइरहेका छन्,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *