७२ घण्टे अल्टिमेटम दिँदै कर्मचारी ट्रेड युनियनले राख्यो १० बुँदे माग
काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले १० बुँदे माग राख्दै सरकार समक्ष ७२ घण्टे अल्टिमेटम दिएको छ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनले संसदीय समितिसमक्ष १० बुँदे माग राखेको हो।
७२ घन्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले चेतावनी दिएका छन्।
निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment