एमाले वीरगञ्ज महानगर अध्यक्षमा शर्मा

डिसी नेपाल
१० वैशाख २०८२ ७:५१
56
Shares

वीरगञ्ज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरगञ्ज नगर कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।

मंगलबार राति सार्वजनिक भएको मत परिणामअनुसार कमिटीको उपाध्यक्षमा रामकिशोरसिंह पराग, सचिवमा लियाकत अली, उपसचिव (खुला)मा जयनारायणसिंह कुर्मी, उपसचिव (महिला)मा विमला श्रीवास्तव, लेखा समिति अध्यक्षमा अजयकुमार साह र सचिवमा राघव पटेल निर्वाचित भएका छन्।

यसैगरी, खुला सदस्यमा सतेन्द्रकुमार सिंह, युवा सदस्यमा देवकुमार सर्राफ र महिला सदस्यमा सीतामैया श्रेष्ठ निर्वाचित भएका छन्। एमाले वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि गत चैत ३० गते उम्मेदवारी दर्ता भएको थियो।

हनुमान् जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि निर्वाचन कार्यक्रम रोकिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *