मिर्गौला पीडितलाई २१ लाख सहयोग
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएकी मिर्गौला पीडित उर्मिला तामाङको उपचारका लागि २१ लाख ८२ हजार सङ्कलन भएको छ।
‘छोर्वाला काई रेडियो गेताङ’ले दुई वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचार गराइरहेकी तामाङको सहयोगार्थ विभिन्न कार्यक्रमबाट सङ्कलन भएको सो रकम आज हस्तान्तरण गरिएको हो।
रामेछापको दोरम्बा गाउँपालिका–७ की ३५ वर्षीया तामाङलाई रकम प्रदान गरिएको अभियानका संयोजक सुदिन दोङले जानकारी दिए।पीडित तामाङलाई उनका श्रीमानले मिर्गौला दान गर्ने तामाङ चलचित्र सङ्घका अध्यक्ष विकु थोकरले जानकारी दिए।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment