सुनको मूल्यमा भारी गिरावट
काठमाडौं। सुनको मूल्य तोलामा सात हजार ५०० घटेको छ।
मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदी प्रतितोला पाँचले घटेर एक हजार ९६५ मा कारोबार हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment