कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
बुधबार कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment