पदभार ग्रहण गर्दै शिक्षामन्त्रीले भनेः वार्तामार्फत शिक्षकहरूको समस्या समाधान गर्छु

डिसी नेपाल
११ वैशाख २०८२ १८:००
464
Shares

काठमाडौं। नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका छन्।

बिहीबार शितल निवासमा सपथ गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पन्तले शिक्षकका विषयमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने र वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका हुन्।

उनले शिक्षकसँग मन्त्रालयले यसअघि गरेको छलफलका विषयमा जानकारी लिने उल्लेख गरे। मन्त्रालयबाट शिक्षकहरुसँग भएका वार्ताका लागि धन्यवाद दिदै राम्रोसँग जानकारी लिएर अघि बढ्ने उनले बताए।

उनले अब बोल्ने भन्दा पनि काम गर्नमा ध्यान केन्द्रीत गर्ने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.