शिक्षक महासंघले वार्ता टोली बनाओस्, सरकार वार्तामा बस्छः शिक्षामन्त्री

डिसी नेपाल
१२ वैशाख २०८२ १७:१३
480
Shares

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको बार्ता टोलीसँग संवाद गर्न तयार रहेको जनाएका छन्।

शिक्षक महासंघ र सरकारबीच हुने भनिएको वार्ता अन्तिम समयमा भाँडिएपछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफूहरू तयार रहेको जनाएका हुन्।

‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने।

तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्वारबाट फर्किएको थियो। जसका कारण आज हुने भनिएको वार्ता हुन सकेको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *