शिक्षकहरूलाई राजीनामा दिनसम्मको चेतावनी

डिसी नेपाल
१२ वैशाख २०८२ १७:५१
3.4k
Shares

गुल्मी । एक पालिकाले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित शिक्षकहरूलाई राजीनामा दिनसम्मको चेतावनी दिएको छ।

गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षकहरूलाई १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन दिँदै उक्त चेतावनी दिएको हो।

पालिका अध्यक्ष वेद बहादुर थापाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा हाजिर हुन निर्देशन दिएका छन्।

पालिकाभित्रका सबै विद्यालयहरूलाई परिपत्र गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयको पठनपाठनमा समस्या परेको उनले बताएका छन्।

उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा प्रकृया अगाडि बढाउन निर्देशन जारी गरेका हुन्। महासंघको आह्वानमा २० चैतदेखि शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *