महिला भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

डिसी नेपाल
१३ वैशाख २०८२ १६:४७
128
Shares

काठमाडौं। आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबले छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।

पुलिस क्लबले एपिएफमाथि २५-१५, २५-२३ र २५-१६ ले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार प्राप्त गर्यो भने उपविजेता एपिएफले २ लाख ५० हजार प्राप्त गर्‍यो। प्रतियोगितामा कुल ५ टोली को सहभागिता रहेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *