नेपालको लिपुलेकबाटै भारतले गर्‍यो कैलाश मानसरोवर यात्राको घोषणा

डिसी नेपाल
१४ वैशाख २०८२ ११:२१
1.7k
Shares

काठमाडौं । पहलगाम आक्रमणपछि जम्मू कश्मीरको सुरक्षा वातावरणको बारेमा व्यक्त भइरहेको चिन्ताका बीच भारतको विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ।

भारतले कैलाश मानसरोवर यात्राको लागि नेपालको लिपुलेक हुँदै जाने बाटो प्रयोग गर्ने बताएको छ । लिपुलेक नेपालको हो तर भारतले यो बाटो प्रयोग गर्न नेपालसँग अनुमति लिएको छैन । कुनै पनि देशले आधिकारिक रूपमा अनुमति नलिइ अर्को देशको भूमि प्रयोग गर्न पाउँदैन ।

भारतको विदेश मन्त्रालयका अनुसार कैलाश मानसरोवर यात्रा यस वर्ष जुन र अगस्टको बीचमा हुनेछ। मन्त्रालयले यस वर्ष लिपुलेक हुँदै ५०-५० जना तीर्थयात्रीको पाँच समूहले यात्रा गर्ने बताएको छ ।

भारतले आधिकारिक घोषणामा ‘उत्तराखण्डको लिपुलेक’ भनेको छ । तर, लिपुलेक भारतको उत्तराखण्ड राज्यमा नभइ नेपालको कर्णाली प्रदेशमा पर्छ । भारतले दशकौंदेखि यो भूमि अतिक्रमण गरिरहेको छ ।

तीर्थयात्रुको अर्को समूह सिक्किमको नाथुला हुँदै जाने बताइएको छ । यो रूटबाट ५० जना तीर्थयात्रीको दश समूहले यात्रा गर्नेछन्। मानसरोवर यात्राको लागि आवेदनहरू स्वीकृत गर्न सरकारले Kmy.gov.in वेबसाइट खोलेको छ ।

विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्राका लागि तीर्थयात्रीहरूको छनोट निष्पक्ष प्रक्रियाबाट गरिने बताएको छ। यसपछि, उनीहरूलाई फरक-फरक मार्ग र समूहहरू तोकिनेछ।

यसअघि, केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले शुक्रबार पहलगाममा भएको आतंकवादी हमलाको बाबजुद पनि अमरनाथ यात्रा सुचारु रूपमा अघि बढ्नेछ भनेका थिए। अमरनाथ यात्रा जुलाईमा सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *