धवल शमशेर राणा आज स्वदेश फर्कँदै, भोलिको आन्दोलनमा सहभागी हुने
काठमाडौं। राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कँदैछन्। क्यान्सरले ग्रस्त राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन्।
‘आज म स्वदेश फर्कँदैछु, भोलि हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन्। भोलि साेमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको रिहाइको माग गर्दै प्रदर्शन गर्दैछ, जुन प्रदर्शनमा राप्रपाका महामन्त्री राणा पनि सहभागी हुनेछन्।
तर, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले थापा नेतृत्वको प्रदर्शनका बारेमा कुनै प्रतिक्रिया नदिए पनि नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन संघर्ष समितिले भने समर्थन जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment