विपद्मा हामी सबै चनाखो बनौं : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन्।
आइतबार गृहमन्त्रीसँग विपद् संम्बाद शुभारम्भ कार्यक्रममा बोल्दै उनले कतिपय विपद्मा आफू चनाखो हुदाँ मात्र पनि कम हुने बताएका हुन्।
‘अविरल वर्षा हुदाँ तराईमा डुबान, पहाडमा पहिरोको समस्या छ। हिमालमा लेक लाग्ने, चिसो लाग्ने समस्या छ। तराई मधेशमा लु लाग्ने समस्या छ। झापा र मोरक सबैभन्दा बढि चट्याङको समस्या छ यहाँ प्रधिकरणका साथिहरु छन् मेरो आग्रह यहाँ धेरै ठुलो बजेटको आवश्यकता छैन कतिपय नीतिगत निर्णय गर्दा पुग्छ। कतिपय कुरामा हामी चनाखो मात्र भए पुग्छ, कतिपयमा निरन्तर फलो गर्दा मात्र पुग्छ,’ उनले भने।
उनले विपद्को समयमा गर्ने अलर्ट सन्देश भन्दा घण्टी नै बजाउनुपर्ने बताए।
‘मैले डिजी साबसँग भनेको पूर्व सूचना प्रणाली त छ, त्यसलाई अझ स्मार्ट बनाउन जरुरी छ जस्तै हामी म्यासेज गर्ने गरेका छौँ। मैले भनेको म्यासेज नगर्नुस् बरु घण्टी नै बजाउने व्यवस्था गर्नुस् भनेको छु। किनभने म्यासेज सबैले हेर्दैनन्, मोवाइल गोजीमा हुन्छ, मान्छे कोही खेतमा हलो जोतिरहेको कोही घाँस काटिरहेको हुन्छ म्यासेज आएको थाहा हुन्न्,’ उनले भने।
उनले पूर्व सूचना प्रणालीमा घण्टी बजाउने र एउटै स्वरमा सूचना दिने भन्दै यो आवश्यक रहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment