भारत भ्रमणमा गएको मुख्यमन्त्री शाह नेतृत्वको टोलीलाई दिल्लीमा स्वागत

डिसी नेपाल
१६ वैशाख २०८२ १९:२८
600
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा भारत भ्रमणमा गएको टोलीलाई दिल्लीमा स्वागत गरिएको छ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीमा भारतका लागि नेपाली राजदुत डा. शंकर शर्मा, भारत सरकारको तर्फबाट नेपाल हेर्ने डेपुटी सेक्रेटरी साकेता, नेपाल र भुटान नर्थ डेस्क हेर्ने एडिसनल सेक्रेटरी मुनु महाबर र काउन्सुलर नविन अधिकारीले स्वागत गरेका छन्।

भारत सरकारको निमन्त्रणामा मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट एक साताका लागि भारत भ्रमणमा गएको हो।

नेपाल संघीय गणतान्त्रिक मुलुक भएपश्चात दुवै देशको तर्फबाट मुख्यमन्त्री स्तरिय ‍औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको छ। वैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.