३७ लाख भ्युजसहित दोस्रो पटक युट्युब ट्रेंडिङ्गमा ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’

डिसी नेपाल
१६ वैशाख २०८२ १९:५६
984
Shares

काठमाडौं। गायक पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’ बोलको गीत दास्रो पटक युट्युब ट्रेंडिङ्गमा आएको छ। ३७ लाख बढी भ्युज रहेको उक्त गीतको भिडियो पुनः ट्रेंडिङ्गमा आएको हो। गीत युट्युब ट्रेंडिङ्गको १३औँ स्थानमा रहेको छ।

पुर्षोत्तम गैरे नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा गायक गैरेसँगै गायिकाहरु रुपी सिंजाली मगर र सिमरन परियारले आवाज दिएका छन्।

गैरे स्वयंको शब्द रहेको गीतमा उनीसँगै आकाश नेपालीले संगीत भरेका छन। गीतको भिडियोमा तेजश रेग्मी, सिमरन परियार, आकाश नेपाली, रचना न्यौपाने र श्रेया गैरेको अभिनय रहेको छ। भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन रहेको छ भने अमृत चापागाईँले सम्पादन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *