रेशम पक्राउले रोकियो नाउपा-जनमत एकता

डिसी नेपाल
१७ वैशाख २०८२ १३:४७
560
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आज हुने भनिएको जनमत पार्टी र नाउपाबीचको एकता प्रक्रिया रोकिएको छ।

जनमतका अध्यक्ष सीके राउतले पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेर डिल्ली बजार कारागार पठाएको बताए।

‘यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं,’ उनले भने।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *