मन्त्रिपरिषद् बैठक

गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी

डिसी नेपाल
१७ वैशाख २०८२ २२:०७
544
Shares

काठमाडौं। सरकारले गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई समितिको सदस्यमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम समेत पारित गर्ने निर्णय गरेको छ। सरकारले आगामी शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *