झुठा आश्वासनमा ठगिएका श्रमिकको आत्मसम्मान उच्च बनाऔं : राजेन्द्र महतो

डिसी नेपाल
१८ वैशाख २०८२ १३:१४
120
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै श्रमिकहरूको आत्मसम्मान उच्च बनाउनु पर्नेमा जोड दिएका छन्।

जनयुद्ध र आन्दोलनहरू पश्चात हरेक पटक श्रमिक झुठा आश्वासनमा ठगिएकाले उनीहरूको आत्मसम्मान उच्च बनाउनुपर्ने महतोको धारणा छ।

‘सीमित राज्यधारी सभ्रान्तले श्रमको शोषण गर्ने मात्र नभइ उनीहरूको प्राकृतिक स्रोत दोहन गर्ने, पैतृक भूमिबाट विस्थापन गर्ने, परम्परागत आस्थाका केन्द्रलाई भत्काउने, सांस्कृतिक औपनिवेशिकता थोपर्ने काम भइरहेको छ। वदलिँदो परिवेशमा श्रमिक विगतको जस्तो आर्थिक रुपमा मात्र नभइ सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा शोषणको दुष्चक्रमा फरेका छन्,’ उनले भनेका छन्।

मजदूरहरू पुन: एकपटक राष्ट्रिय मुक्ति क्रान्तिमार्फत विगतमा झुठा आश्वासनमा फसाउनेहरूका विरुद्ध संघर्ष गर्नुपर्ने बिन्दू आइसकेको उनले बताए। यसबाट मात्र श्रमिकको सम्मान सम्भव भएको महतोको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.