विभिन्न दल त्यागेर ३०० जना एमालेमा प्रवेश
वैशाख । रौतहट स्थित विभिन्न दल परित्याग गरी तीनसय जना नेता कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका-१, जयनगरमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा करिब ३०० जना मानिस विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता र गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले संयुक रुपमा नवप्रवेशी लाई स्वागत गरेका थिए।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य शेख कलीमुलालगायत नेतागणको उपस्थिति रहेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment