सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्
काठमाडौं। बलिउड अभिनेता करिना कपुर बलिउडमा राम्रो चर्चा कमाएकी अभिनेत्री हुन्। उनले आफ्नो अभिनयको सुरुवात ‘रिफ्यूजी’ फिल्मबाट गरेकी हुन्।
उनको विवाह अभिनेता सैफ अलि खानसँग भयो। हाल उनी जी टिभीको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा निर्णायकको भूमिकामा छिन्।
सोही क्रममा करिनाले सानोमा आफूले अभिनेता राहुल रायलाई मन पराउने गरेको खुलासा गरेकी छन्। उनी राहुलको यतिसम्म दिवानी थिइन् कि उनको फिल्म ‘आशिकी’ ८ पटकसम्म हेरिन्।
करिनामात्र होइन कुनै समय राहुललाई बलिउडमा थुप्रै युवतीले पन पराउँथे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment