प्रभासको ‘साहो’ लाई १० हजार स्क्रिन, बाहुबलीको सबै रेकर्ड तोड्‍यो

डिसी नेपाल
११ भदौ २०७६ १६:४१

एजेन्सी। दक्षिण भारतका सुपरस्टार प्रभास अभिनित चलचित्र ‘साहो’ ले प्रदर्शन अगाडि नै बलिउडका सबै रेकर्डहरु तोडेको छ। ३ सय ५० करोडको ठूलो बजेटमा बनेको साहोलाई देशभरमा ठूलो स्केलमा प्रदर्शन गर्ने तयारी गरिएको छ। रिपोटका अनुसार सोहोले स्क्रिन शेयरको विषयमा बाहुबली-२ र रजनीकान्तको ‘साइन्स फिक्सन’ चलचित्र २.० को रेकर्ड पनि तोडेको छ।

साहोले भारतमा १० हजार स्क्रीन पर प्रदर्शन गरिदैछ। केही ट्रेड रिपोर्टले अनुमान लगाएको छ की साहोले भारतमा पहिलो दिन ७५ करोडको व्यापार गर्नेछ। प्रभासको यो भन्दा अगाडि प्रदर्शन भएको चलचित्र ‘बाहुबलि – २’ ले विश्वभरमा ९ हजार स्क्रिन पाएको थियो। यस्तै रजनीकान्त र अक्षय कुमारको चलचित्र – २.० ले विश्वभरमा १० हजार स्क्रिन पाएको थियो।

साहोलाई अमेजनले ४० करोडको डिजिटल राइट्समा किनेको छ। यस्तै साहोलाई तेलुगू, मलयालम, तमिलले स्याटलाइट राइस्ट ७० करोड हिन्दी र हिन्दी राइट्स पनि ७० करोडमा बिकिसकेको छ। साहो चार भाषामा प्रदर्शनमा आउँदैछ। यसमा हिन्दी, तमिल, तेलुगु र मलयादम भाषा समावेश छन्। यो प्रभासको पहिलो बलिउड चलचित्र हो। प्रभासले पहिलो पटक आफैले हिन्दीमा बोलेका छन्। साहोमा प्रभाससँग श्रद्धा कपूर जोडि बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *