स्थानीय सरकारको नीतिविरुद्ध इँटा उद्योगी आन्दोलनमा

डिसी नेपाल
११ भदौ २०७६ १७:५६

काठमाडौं । स्थानीय सरकारले इँटा उद्योगमा कडाई गरेसँगै व्यवसायी आन्दोलित भएका छन्।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इँटा उद्योग महासंघले स्थानीय सरकारले इँटा उद्योगको दर्ता तथा नविकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा इँटा भट्टाको उद्योग नै भत्काएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।

केहि दिन अगाडी काभ्रेको नमोबुद्ध नगरपालिकाले इँटा भट्टामा डोजर लगाएर भत्काएपछि व्यवसाय धरापमा परेको भन्दै व्यवसायी आन्दोलित भएका छन्।

पत्रकार सम्मेलनमा इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले गर्दै इँटा उद्योग महासंघले विद्यमान ऐन नियमको अधिनमा रहेर कर तिर्ने सामाजिक उत्तर दायित्व बहन गर्ने व्यवसायीको व्यवसाय गर्ने हकको हनन हुने गरि अबरोध सृजना गरिएकोे बताएका हुन्।

स्थानीय तहको सरकारले उद्योग प्रतिष्ठानको विकास प्रबर्द्धन र संरक्षण गर्नुपर्नेमा उल्टो डोजर लगाएर सम्पत्ति हानि नोक्सानी गरेको भन्दै महासंघले छानविन गर्न माग गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै २०७५ जेठ १४ बाट ईटा उद्योगको नविकरणको लागि स्थानीय तहको कार्यपालिकाको बैठकको सिफारिसले मात्रै उद्योग नविकरण हुने व्यवस्था गरेको छ ।

स्थानीय तहले इँटा उद्योगलगायतको दर्ता नविकरण समेतको अधिकार प्रयोग गर्न थाले पछि विवाद बढ्दै गएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *