कथा संग्रह व्लफर्स डायरी लोकार्पण
काठमाडौं । कथाकार दिलिप पौडेलको कथासंग्रह ‘व्लफर्स डायरी’ लोकार्पण भएको छ। सोमबार साँझ एक समारोहमा कृति लोकार्पण भएको हो।
पुस्तकमा विविध विषयका १८ वटा कथा समेटिएको छ। क्यानडामा बसोबास गर्ने पौडेलको यो पहिलो कृति हो।
कथामा आदिवासी नेपालीको कथा र आफ्नो गाउँघरको व्यथालाई कथाको रुपमा प्रस्तुत गरेको पौडेलले बताए।
कथा संग्रह माथि बोल्दै समीक्षक राजकुमार बानियाँले कथामा द्वन्द्वकालका कथादेखि देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथा व्यथा सम्म कलात्मक शैलीमा प्रस्तुत गरेको र संग्रहभित्रका कथाको शीर्षकले पाठकहरुलाई कौतुहलता पैदा गराउने किसिमको रहेको बताए।
त्यसैगरी समीक्षक विक्रम भक्त जोशीले कथा छोटा वाक्यमा रहेको र पढ्दा रोमाञ्चित बनाउने गरी लेखिएको धारणा राखे। ‘दुई देशको फ्युजन गरिएको छ। कथाको परिवेश नै इम्याजिन गर्न सकिने खालको छ। सरल लेखन शैलीमा कथा छन्,’ उनले भने।
शिखा बुक्सले प्रकाशन गरेको किताबको मूल्य ४९५ रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment