खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित
काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धाी प्रकाश तिमल्सिनालाई पराजित गर्दै अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित अधिकारीले ४५ मत ल्याउँदा तिमल्सिनाले ३५ मतमा सिमित भए।
प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार निर्विरोध निर्वाचित भए पनि महासचिवमा राजु घिसिङलाई पराजित गर्दै अञ्जन खड्का निर्वाचित भएका छन्। खड्काले ५१ मत प्राप्त गर्दा महासचिवका उम्मेदवार घिसिङले २९ मतमा सिमित भए।
यस्तै, सचिव पदमा अनिल मल्ल ठकुरी र कोषाध्यक्षमा मुना कार्की निर्विरोध निर्वाचित भएकी छन् भने सदस्यहरूमा अभिनव जोशी, कविरस शर्मा, रमेश सुवेदी र नमिता दाहाल निर्वाचित भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment